नेपाल मलेसियासँग पराजित : खेल श्रृंखला बराबरी


२० जेष्ठ २०८०, शनिबार
nepal vs malaysia women 8sTiagK0yS
फाइल फोटो

काठमाडौं । महिला टि–२० क्रिकेट श्रृंखलाको चौथो खेलमा नेपाल घरेलु टोली मलेसियासँग ४ विकेटले पराजित भएको छ ।
बांगीमा नेपालले दिएको ९७ रनको लक्ष्य पछ्याएको मलेसियाले अन्तिम बलमा ६ विकेट गुमाएर भेट्टायो । योसँगै पाँच खेलको श्रृंखलामा २–२ को बराबरी भएको छ ।

मलेसियाको जितमा ओपनर विनीफ्रेड आनी दुराईसिंघमले सर्वाधिक ३८ रन बनाइन् । महिराह इजाती इस्माली १६ रनमा तथा कप्तान मास एलिसा १३ रनमा आउट भइन् । नेपालका लागि कविता जोशी, रुविना क्षेत्री, सीता रानामगर र कविता कुँवरले समान एक÷एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९६ रन बनाएको थियो । नेपालका लागि इन्दु वर्माले ३२ रन बनाइन् । बिन्दु रावलले २४ रन जोडिन् । घरेलु टोलीका लागि विनिफ्रेड दुराईसिंघमले ३ तथा एसा इलिसा र महिराह इज्जाती इस्माइलले समान १-१ विकेट लिए ।

पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो भने दोस्रो र तेस्रो खेल जितेको थियो । नेपाल दोस्रो खेलमा ७ विकेटले र तेस्रो खेलमा २७ रनले विजयी भएको थियो । श्रृंखलाको अन्तिम तथा निर्णायक खेल भोलि हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७