बाँकेमा दुई जनाको डुबेर मृत्यु


२९ जेष्ठ २०८०, सोमबार
dubera
सांकेतिक तस्वीर

बाँके । बाँकेको खजुरा गाउँपालिकास्थित मानखोलामा डुबेर आज दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी निरीक्षक सुजनविक्रम शाहले खजुरा गाउँपालिका–६ की १७ वर्षीया लक्ष्मी डाँगी र उक्त गाउँपालिकाका सात वर्षीय किरण नेपालीको मृत्यु भएको जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुवै जनाको पौडी खेल्ने क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७