नेदरल्यान्ड्सलाई पाखा लगाउँदै क्रोएसिया नेसन्स लिगको फाइनलमा


३२ जेष्ठ २०८०, बिहीबार
thumb 2

काठमाडौँ । ब्रुनो पेटकोझिच र लुका मोडरिचले अतिरिक्त समयका गरेको गोलमा क्रोएसियाले बुधबार नेदरल्यान्ड्सलाई ४–२ ले पराजित गर्दै नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

गत वर्षको विश्वकपमा सेमिफाइनल पुगेको क्रोएसियाले अब देशका लागि पहिलो उपाधि जित्न सक्ने संघारमा पुगेको छ । नेदरल्यान्ड्सले डोनयेल मालेनको गोलले अग्रता लिएपछि क्रोएसियाका लागि आन्द्रेज क्रामारिच र मारिया पासालिचले गोल गरे ।

नोआ लांगले ९६ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएपछि प्रतिस्पर्धा अतिरिक्त समयमा गएको थियो । त्यसै त्रममा क्रोएसियाले आफ्नो टिम अतिरिक्त समयको सबैभन्दा बलियो टिम भएको सावित गरेको थियो । बिहीबार हुने दोस्रो सेमिफाइनलमा स्पेन र इटालीबीच खेल हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७