एसिसी वुमन्स इमर्जिङ टी–२० : भारतसँग खेल्दै नेपाली महिला क्रिकेट टोली


३२ जेष्ठ २०८०, बिहीबार
1685859372 mahila cricket 1200x560 1

काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आज एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कप टी–२० प्रतियोगिताको आफ्नो दोस्रो खेलमा भारत ‘ए’ सँग प्रतिस्पर्धा गर्दैछ । भारत प्रतियोगिताकै बलियो र उपाधी दाबेदार टिम हो । खेल बिहान ११ः१५ मा हङकङको मोंग कोक मैदानमा सुरू हुनेछ । नेपाल दोस्रो खेलमा जितको खोजीमा हुनेछ ।

यसअघि पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ९ रनले पराजित भएको थियो । बलिङ उत्कृष्ट गरे पनि ब्याटिङमा चल्न नसक्दा नेपाल चुकेको थियो । उता भारत भने लगातार दोस्रो जितको खोजीमा हुनेछ । भारतले भने आयोजक हङकङलाई ९ विकेटले हराएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७