मैत्रीपूर्ण खेलमा नेपाल फिलिपिन्ससँग पराजित


३२ जेष्ठ २०८०, बिहीबार
safa champ1686834352

काठमाडौं । साफ च्याम्पिनयसिपको तयारीका लागि फिलिपिन्समा अभ्यासरत नेपाली राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा घरेलु टिमसँग पराजित भएको छ ।

आज (बिहीबार) मनिलास्थित रिजाल मेमोरियल रंगशालामा सम्पन्न खेलमा नेपाल फिलिपिन्ससँग १–० ले पराजित भएको हो । नेपाल अब साफ च्याम्पियनसिपका लागि उतैबाट भारत प्रस्थान गर्नेछ । जुन २१ देखि जुलाई ४ सम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । यस समूहमा नेपालसँगै घरेलु टिम भारत, पाकिस्तान र कुवेत छन् । आठ टिमको सहभागिता रहने प्रतियोगिताको समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।

नेपालले जुन २१ मा कुवेतविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ । जुन २४ मा नेपालले भारतसँग र जुन २७ मा समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग खेल्ने छ । च्याम्पियनसिपमा यसपटक कुवेत र लेबनान आमन्त्रित टिमको रूपमा सहभागी हुनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७