गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
-खनेन्द्र कुमार राई (अर्जुन)
बेलवारी, २५ वैशाख । बेलवारिको वाड नं. ३ स्थित आधारभूत विद्यालयका विद्यार्थीहरूलाई मायालु हातहरू नामक सामाजिक संस्थाले १७ हजार रूपैयाँ बराबर शैक्षिक सामाग्री वितरण गरेको छ ।
शैक्षिक सामाग्री वितरण गर्दे ।
संस्थाले विद्यालयका गरिब तथा जेहेन्दार १६ बिध्यर्थीहरुलाई उक्त सामाग्रीबितरण गरेको हो ।बालबालिकाहरूलाई कपि, कलम, पेन्सिल, रबर, मन्जन, बु्रस र स्कुल जुत्ता वितरण गरेका थिए ।
मायालु हातहरू बेलवारी नगरपालिकाको वाड नं.२,लालभित्तीमाअवस्थित छ । संस्थाको स्थापना भएको १ वर्ष पनि भएको छैन तर छोटो अवधिमा नै सामाजिक कार्यमा सक्रिय भएकोले समाजको प्रिय संस्था बन्दै गएको छ । बाढी पीडितहरूलाई राहात वितरण, गरिब तथा जेहेन्दार विध्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नुको साथै विभिन्न सामाजिक कार्यले समाजमा अतुल्यनिय योगदान पुराउँदै आएको छ ।
मङगलबार भएको शैक्षिक सामाग्री वितरण कार्यक्रमका प्रमुख अतिथि तथा बेलवारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले कार्यक्रमलाई सम्बोधन गर्दे बेलवारी नगर भित्र कोही पनि बालबालिकालाई शिक्षाबाट बन्चित हुन नदिने भन्ने विषयमा गम्भीर भएर ब्यवथापन गर्न लागि परेको बताए । व्यावसायिक निजीविद्यालयको शैक्षिक गुणस्तर र सामुदायिक विद्यालयको गुणस्तरमा फरक हुन नदिन सामुदायिक विद्यालयलाई दुरुस्त गर्ने विषयमा कुनै पनि कन्जुसाई नगर्ने मेयर सुवेदीले बताए ।
कार्यक्रम माथि आधारभूत विद्यालयका प्रध्यानधापक लीला आर्चायले मायालु हातहरू संस्थाले आफ्नो विद्यालय का गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेका धन्यवाद प्रदान गरे । उनले १ देखीकक्षा ५ सम्माका विध्यार्थीहरु मध्य धेरै निम्न गरिब परिवारका बालबालिका तथा जेहेन्दार १६ विध्यर्थीलाई मात्र शैक्षिक सामाग्रीको लागि विद्यालयले नै सिफारिस गरेको जनाए ।
कार्यक्रम मायालु हातहरूका अध्यक्ष सन्जु हुमागाईको अध्यक्षतामा सम्पन्न भएको हो ।