अदालतको अवहेलना मुद्दामा सर्वोच्चले माग्यो बालेनसँग लिखित जवाफ


१२ असार २०८०, मंगलवार
Balen 1

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौंका मेयर बालेन शाहसँग लिखित जवाफ माग गरेको छ । अदालतको अवहेलनासम्बन्धी अधिवक्ता वर्षा झाले दिएको निवेदनमा सर्वोच्चले यस्तो आदेश दिएको हो ।

न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले बालेनसँग लिखित जवाफ माग गरेको हो । उच्च अदालत, पाटनले भारतीय चलचित्र प्रदर्शन नरोक्न आदेश दिएपछि काठमाडौंका मेयर बालेनले सार्वभौमिकता र स्वाधिताको सवालमा कुनै कानुन र अदालतलाई नमान्ने टिप्पणी गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७