झ्याप–झ्याप विजुली जान्छ, छड्किरहेको भात काँचै हुन्छ : सांसद पन्त


१३ असार २०८०, बुधबार
Raghuji panta 1 scaled

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद रघुजी पन्तले विद्युत प्राधिकरणले विद्युत उत्पादनमा रोक लगाउँदा बैंक र उपभोक्ता मारमा परेको बताएका छन् । प्रतिनिधि सभाको आज (बुधबार) को बैठकमा ५ सय मेगावाट विद्युत् खेर गइरहेको समाचार सार्वजनिक भइरहेको उल्लेख गर्दै विद्युत उत्पादनमा रोक लगाउँदा बैंक र उपभोक्ता मारमा परेको बताएका हुन् ।

उनले विद्युत उत्पादन नगरेपछि बैंकको पैसा कसरी तिर्ने भन्दै प्रश्न गरेका हुन् । पन्तले यस्ता निर्देशनले सरकारले बैंक टाट पल्टाउन लागेको उल्लेख गरे । उनले भने, ‘दैनिक ५-७ चोटी बत्ती गइरहेको छ । भिडियो कल काटिन्छ, कम्युटर झ्याप्प जान्छ ।’ उनले छड्किरहेको भात खोलेर हेर्दा काँचै हुने गरेको बताएका छन् । एकातिर उपभोक्ता बत्ति जाँदा समस्या परेका छन् अर्कोतिर विद्युत प्राधिकरणले उत्पादनकर्तालाई उत्पादन बन्द गर भन्छ योजना खै भन्दै प्रश्न गरेका छन् ।

बिजुली उत्पादन बढेपछि प्राधिकरणले निजी क्षेत्रलाई कम उत्पादन गर्न ‘निर्देशन’ दिइरहेको छ । एक हप्ताअघि देखि प्राधिकरणले निजी ऊर्जा उत्पादकहरूलाई कम क्षमतामा आयोजना सञ्चालन गर्न मौखिक निर्देशन दिँदै आएको व्यवसायी बताउँछन् । निजी ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले निजी क्षेत्रबाट उत्पादित ५ सय मेगावाट बिजुली खेर गइरहेको तथ्यांक सार्वजनिक गरेको छ । विभिन्न २९ आयोजनाबाट उत्पादित ५ सय मेगावाट बिजुली खेर गइरहेको इप्पानका अध्यक्ष गणेश कार्की बताएको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७