एनआईसी एशिया बैंकका ग्राहकलाई ‘लेट मि इन’ मा १० प्रतिशतसम्म छुट


१९ असार २०८०, मंगलवार
nic asia bank

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई ‘लेट मि इन’ मा डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट हुने भएको छ । बैंकका ग्राहकलाई नयाँ बानेश्वर र महाराजगञ्जमा सञ्चालित कोरियन स्किन हस्पिटल लेट मि इनमा विभिन्न सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट उपलब्ध गराउने सम्बन्धमा समझदारी भएको हो ।

उक्त समझदारीपत्रमा यस बैंकको तर्फबाट डिजिटल पेमेन्ट इकोसिष्टम प्रमुख बिमल लम्साल र हस्पिटलको तर्फबाट निर्देशक मा दोङ सुले हस्ताक्षर गरे । उक्त समझदारी अनुसार यस बैंकमा खाता सञ्चालन गरि मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहकले यो फाइदा उपभोग गर्न सक्नेछन् । जसअन्तर्गत सबै प्रकारका फेसियल र उपचारमा यो छुट उपलब्ध गराउने बारे दुबै पक्षबीच समझदारी भएको छ ।

डिजिटल च्यानलबाट हुने कारोबारलाई वृद्धि गर्दै डिजिटल भुक्तानीलाई बढी भन्दा बढी सेवाग्राहीहरु समक्ष पु¥याउने हेतुले बैंकले यस सहकार्यलाई अगाडि बढाएको हो भने भविष्यमा समेत बैंकले भविष्यमा समेत बैंकले यसैगरी डिजिटल भुक्तानीलाई बढवा दिनका लागि यस खालका सहकार्यलाई बढाउदै लैजाने लक्ष्य लिएको छ ।

मुलुकमा भुक्तानीको माध्यम नगदबाट डिजिटलतर्फ उत्साहजनक रुपमा अगाडि बढिरहेको अवस्थाबीच यस खालका साझेदारीले परम्परागत भुक्तानीको माध्यमलाई विस्थापित गरी डिजिटल कारोबारलाई बढाउन मद्दत मिल्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७