जेठी श्रीमतीको हत्या गरेर आत्महत्या


२२ असार २०८०, शुक्रबार
death
सांकेतिक तस्वीर

इलाम । इलामको माइजोगमाई–२ मा श्रीमतीको हत्या गरी श्रीमानले पनि आत्महत्या गरेका छन् । बिहीबार राति माईजोगमाई– २ का ५७ बर्षीय पिताम्बर खतिवडाले आफ्नी जेठी श्रीमती राधिका खतिवडा घिमिरेको भान्सा घरमा हत्या गरी घर बाहिरको रुखमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

खतिवडाका दुई श्रीमती थिए । कान्छी श्रीमती सीता खतिवडासँग बस्दै आएका पीताम्बरले राति जेठी श्रीमतीको घरमा गएर उक्त घटना घटाएको प्रारम्भिक जानकारी प्राप्त भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिएका छन् । कान्छी श्रीमती सीता भने बिहीबार माइती गएको र जेठी श्रीमतीकी छोरी रचना भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७