सर्लाहीमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या


२२ असार २०८०, शुक्रबार
death woman
सांकेतिक तस्वीर

सर्लाही । सर्लाहीको हरिवनस्थित घुर्कौली टोलमा एक पुरुषले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
शुक्रबार दिउँसो घरायसी कुरामा विवाद हुँदा हरिवन नगरपालिका–५, घुर्कौली टोल बस्ने ३५ वर्षका राम भरोश भनिने अजुर्न महतोले २८ वर्षकी श्रीमती नैनकुमारी महतोको हत्या गरेका हुन् ।

दुई जनाबीच घरायसी कुरा झगडा भएपछि अर्जुनले श्रीमती नैनाको घाँटीमा धारिलो हतियार प्रहार गरेका प्रहरीले जनाएको छ ।
धारिलो हतियार प्रहारबाट नैन कुमारीको टाउको र शरीर छुट्टिएको छ । घटनालगतै अर्जुनलाई ईलाका प्रहरी कार्यलय हरिवनले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७