स्याङजामा बम विष्फोट


२७ बैशाख २०७५, बिहीबार

स्याङजा, २७ बैसाख । स्याङ्जाको भिरकोट नगरपालिका–७ ठाडाखेतमा रहेको खिलुङ कालिका एग्रोफर्ममा गए राति बम विष्फोट भएको छ ।

bom
सांकेतिक तस्विर

दैनिक डेढ लाखभन्दा बढी अण्डा उत्पादन गर्दै आएको खिलुङ कालिका एग्रोफर्ममा मध्यरातको समयमा विष्फोट भएको तर कसले किन विष्फोट गराएको हो भन्ने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

विष्फोटबाट फर्ममा रहेको जेनेरेटर तथा जेनेरेटर राख्नका लागि बनाइएको टहरामा क्षति भएको छ । एग्रोफर्ममा रहेका १०-१२ जना कामदारले विष्फोट भएपछि मात्रै थाहा भएको बताएका छन् । नजिकै मकैबारीतिरबाट आएर फर्मलाई लक्षित गरी विष्फोट गराइएको र ष्स्फिोट भएको ठाउँमा फलामका टुक्राहरु देखिएकाले कस्तो प्रकारको बम हो भन्ने यकिन हुन नसकेको प्रहरीले बताएको छ ।

केही दिनअघि मात्रै खिलुङ कालिका एग्रोफर्मले गल्याङ नगरपालिका–७ मा सुली डम्पिङ गरेको स्थलबाट विषादी आँधीखोलामा फाल्दा आँधीखोलामा रहेका माछालगायत अन्य जलचर प्राणीको विनाश भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७