भवन भत्किँदा ब्राजिलमा कम्तीमा नौं जनाको मृत्यु


२४ असार २०८०, आईतवार
brazil buidling colapse GYX0wG1p14

ब्रासिलिया । एक भवन भत्किँदा ब्राजिलमा चार बालबालिकासहित कम्तीमा नौं जनाको मृत्यु भएको सीएनएनले जनाएको छ ।
ब्राजिलको उत्तर–पूर्वी राज्य पर्नाम्बुकोमा शुक्रबार गएको भूकम्पबाट क्षति पुगेको घर भत्किँदा उनीहरूको मृत्यु भएको राज्यको सामाजिक सुरक्षा सचिवालय (एसडीएस) लाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

सीएनएनका अनुसार ती बालबालिकाको उमेर पाँच, आठ, बाह्र र सोह्र थियो । उद्धारकर्मीले शनिबार बिहान १९ वर्षीय एक युवकको शव लाई भग्नावशेषबाट बाहिर निकालेको छ । एसडीएसका अनुसार राज्यको राजधानी रिसिफको बाहिरी इलाकामा रहेको जाङ्गा जिल्लामा अर्को एउटा भवन भत्किएर भग्नावशेषमा पुरिएका तीन जनालाई जीवितै उद्धार गरिएको छ भने अन्य पाँच जना अझै हराइरहेका छन् ।

जाङ्गा ब्राजिलको पर्नाम्बुको राज्यको पाउलिस्टा शहरको छिमेकी जिल्ला हो । एसडीएसले आफ्नो फेसबुक पेजमा कन्जुन्टो बेइरा मार भवनमा शुक्रबारदेखि जारी उद्धार प्रयासमा सहयोग गर्न अग्निनियन्त्रक र सार्वजनिक सुरक्षा टोलीहरू यस क्षेत्रमा पठाइएको जनाएको थियो । भूकम्पका कारण भएका क्षतिबारे थप विवरण आउन केही समय लाग्ने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७