अन्तर्राष्ट्रिय लाङटाङ म्याराथनको तयारी पुरा


२७ बैशाख २०७५, बिहीबार
taan pressmeet 1
????????????????????????????????????

काठमाडौँ, २७ वैशाख: साहसिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय लाङटाङ म्याराथनको तेस्रो संकरण आगामी जेठ ५ गते आयोजना हुने भएको छ ।

taan pressmeet 1
‘दीर्घकालीन पर्यटनका लागि साहसिक खेल’ भन्ने मूल नारासहित ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले उक्त प्रतियोगिता आयोजना गर्न लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुगेको पर्यटकीय क्षेत्र रसुवाको लाङटाङको पुनः निर्माणस्वरुप टानले विगत दुई वर्षदेखि प्रतियोगिताको आयोजना गर्दै आएको छ । यो तेस्रो पटक हो ।

कुल ४२ दशमलव १९५ किलोमिटर म्याराथन क्याङजिङ गुम्बादेखि शुरु भई घोडातबेला, शेर्पागाउँ, खन्जिम हुँदै स्याफ्रुबेँसीमा पुगेर टुंगिने आयोजकले जनाएको छ ।

म्याराथनका महिला र पुरुष दुवैतर्फका प्रथम, दोस्रो र तेस्रो हुने विजेतालाई क्रमशः रु एक लाख पाँच हजार, रु ७८ हजार ७५० र रु ५२ हजार ५०० सहित पदक र प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ ।

उक्त म्याराथनमा स्वदेशी तथा विदेशी गरी १०० जना खेलाडी प्रतिस्पर्धा गर्नेछ । आगामी दुई वर्षमा कम्तीमा २०० विदेशी खेलाडिलाई सहभागिता गराउने अठोटका साथ टान लागिपरेको म्याराथनका संयोजक ऋतु ग्याम्दानले जानकारी दिए ।

टानका मिडिया संयोजक गोपाल श्रेष्ठका अनुसार समुद्री सतहबाट तीन हजार ८७० मिटर उचाइको क्याङजिङ गुम्बाबाट उद्घाटन हुने प्रतियोगिताका सहभागी करिब चार घण्टा लामो यात्रा थिचोलेर स्याफ्रुबेँसीमा पुगी समापन हुनेछ ।

प्रतियोगितामा सहभागी हुन विदेशीका लागि ७५ अमेरिकी डलर तथा स्वदेशीका लागि रु दुई हजार ५०० दर्ता शुल्क लाग्नेछ । सो अवसरमा टानका अध्यक्ष नवराज दाहालले सगरमाथा र अन्नपूर्णपछि महत्वपूर्ण पदयात्राको गन्तव्य लाङटाङमा बढीभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक पु¥याउने लक्ष्यका साथ प्रतियोगितालाई निरन्तरता दिइएको बताए ।

 

भूकम्पबाट प्रभावित लाङटाङ पूर्ववत् अवस्थामा फर्किसकेको र त्यहाँ धेरै पर्यटक पुग्न थालेको जानकारी दिदैं उहाँले यकिन विवरण नभएपनि सन् २०१७ मा आठ हजारभन्दा बढी पर्यटक लाङटाङ गएको बताए ।

पर्यटन व्यवसायी शिव लामिछानेले पर्यटन प्रवद्र्धनाथ म्याराथनले महत्वपूर्ण भूमिका खेल्ने भन्दै यसको प्रभावकारितालाई अझ बढाइनुपर्नेमा जोड दिए ।

प्रतियोगिताको प्रायोजक गोसाँइकुण्ड गाउँपालिका, नेपाल पर्यटन बोर्ड, रसुवा नुवाकोट पर्यटन समाजलगायत १६ भन्दा बढी संघ संस्था छन् । unnamed

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७