साम्बाको गोलले हारबाट जोगियो नेपाल


२८ असार २०८०, बिहीबार
nepal

काठमाडौं । बंगलादेशसँगको दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलको श्रृंखलाअन्तर्गत पहिलो खेलमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीले १–१ बराबरी खेलेको छ ।

दोस्रो हाफको इञ्जुरी समयको पहिलो मिनेटमा सावित्रा भण्डारी (साम्बा) ले गोल गर्दै खेल बराबरी गरेकी हुन् । त्यसअघि ६५औं मिनेटमा बंगलादेशले कप्तान सविना खातुनको गोलमा अग्रता लिएको थियो । त्यसपछि नेपालकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापोले वन भर्सेस वनमा बंगलादेशी खेलाडीलाई निराश बनाएकी थिइन् ।

गएको वर्ष भदौमा काठमाडौँमा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलपछि नेपाल र बंगलादेशले दुई वटा मैत्रीपूर्ण फुटबल खेल्न लागेका हुन् । पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जित्दा बंगलादेशले नेपाललाई ३–१ गोलले हराएको थियो । नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन । नेपाल र बंगलादेशबीच दोस्रो मैत्रीपूर्ण फुटबल पर्सी (आइतबार) हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७