ललिता निवास प्रकरणका १७ आरोपीलाई थप पाँच दिन थुनामा राख्न अनुमति


३१ असार २०८०, आईतवार
lalita Niwash

काठमाडौं । बालुवाटारस्थित ललिता निवास प्रकरणमा पक्राउ परेका १७ जनालाई थप पाँच दिन प्रहरीको थुनामा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

प्रहरीको सीआईबीले यो प्रकरणमा अनुसन्धान गरिरहेको छ । जिल्ला अदालतले प्रहरीको हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गरेको हो ।

यो प्रकरणमा सरकारका बहालवाला सचिव कृष्णबहादुर राउत र व्यवसायी मिनबहादुर गुरुङसहित १७ पक्राउ परेका छन् । यो प्रकणमा पक्राउ परेका राउत र गुरुङलगायतले सर्वोच्च अदालतमा आफूलाई गैरकानुनी थुनामा राखेको भन्दै रिट दायर गरेका छन् । सो रिटमाथि सर्वोच्चमा सुनुवाइ भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७