महिला विश्वकप फुटबल आजदेखि : कुन समूहबाट कुन देश खेल्दै ?


४ श्रावण २०८०, बिहीबार
women worlcup

काठमाडौं । महिला विश्वकप फुटबल आज (बिहीबार) देखि अस्ट्रेलिया र न्युजिल्याण्डमा सुरु हुँदैछ । यी दुई देशले संयुक्तपमा आयोजना गरेको विश्वकप एक महिनासम्म चल्ने छ । महिला विश्वकप आज दुई स्थानमा उद्घाटन हुँदैछ ।

अस्ट्रेलियाको सिड्नीस्थित ‘स्टेडियम अस्ट्रेलिया’ र न्युजिल्यान्डको इडन पार्कमा उद्घाटन हुँदैछ । सिड्नीस्थित ‘स्टेडियम अस्ट्रेलिया’ मा आयोजक टिम अस्ट्रेलियाले रिपब्लिक अफ आयरल्याण्डसँग प्रतिस्पर्धा गर्दा इडन पार्कमा अर्को आयोजक टिम न्युजिल्यान्डले नर्वेसँग खेल्ने छ ।

विभिन्न कार्यक्रमसहित भव्य उद्घाटन हुने खेल स्थानीय समयअनुसार राति ८ बजे सुरु हुनेछ । घरेलु टिम अस्ट्रेलिया आफ्नो पहिलो खेलमा नै जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा छ । तुलनात्मक रूपमा अस्ट्रेलिया रिपब्लिक अफ आयरल्याण्ड भन्दा बलियो टिम हो । त्यस्तै, न्युजिल्याण्ड पनि आफ्नो पहिलो खेलमा जित निकाल्दै राम्रो सुरुवात गर्ने लक्ष्यमा छ । यता, न्युजिल्याण्डलाई हराउने रणनीतिमा नर्वे छ ।

समूह विजेता र उपविजेता टिम नकआउट अर्थात प्रिक्वार्टर फाइनलमा प्रवेश गर्नेछन् । अन्तिम १६ का खेलहरू अगस्ट ५ तारिखबाट सुरु हुनेछन् । अगस्ट १५ र १६ तारिखमा सेमिफाइनल खेल हुनेछन् । फाइनल खेल भने २० अगस्टमा सिड्नीस्थित ‘स्टेडियम अस्ट्रेलिया’ मा हुनेछ । यो पटकको विश्वकप जित्न सक्ने दाबेदार टिमका रूपमा डिफेन्डिङ च्याम्पियन अमेरिकासँगै जर्मनी, ब्राजिल फ्रान्स, इंग्ल्यान्ड, नेदरल्यान्ड्स रहेका छन् ।
कुन देश कुन समूहमा ?

समूह ‘ए’

न्युजिल्यान्ड, नर्वे, फिलिपिन्स र स्वीट्जरल्यान्ड
समूह ‘बी’

अस्ट्रेलिया, रिपब्लिक अफ आयरल्यान्ड, नाइजेरिया र क्यानाडा

समूह ‘सी’

कोस्टारिका, जापान, स्पेन र जाम्बिया

समूह ‘डी’

चीन, डेनमार्क, इंग्ल्यान्ड र हाइटी

समूह ‘ई’

नेदरल्यान्ड्स, पोर्चुगल, अमेरिका र भेयतनाम

समूह ‘एफ’

ब्राजिल, फ्रान्स, जमैका र पानामा

समूह ‘जी’

अर्जेन्टिना, इटाली, दक्षिण अफ्रिका र स्वीडेन

समूह ‘एच’

जर्मनी, कोलम्बिया, दक्षिण कोरिया र मोरक्को

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७