धरानमा विराटनगरका युवाको गोली हानी हत्या


५ श्रावण २०८०, शुक्रबार
goli sunsari1 d8Ecmy8kWJ

सुनसरी । विराटनगर उपमहानगरपालिका–५ का २८ वर्षीय रोहित चौधरीको गोली हानी हत्या गरिएको छ । आज (शुक्रबार) सुनसरीको धरान–इटहरी सडक खण्डको तरहरा जंगललमा उनीमाथि गोली हानिएको हो ।

धनकुटाबाट विराटनगरतर्फ जाँदै गरेका चौधरीमाथि अज्ञात समूहले तरहराको चारकोशे जंगलमा गोली प्रहार गरी लुटपाट गरेको बताइएको छ । गोली प्रहारबाट गम्भीर घाइते चौधरीको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।

उनको दायाँ कोखामुनि गोली लागेको प्रतिष्ठानका चिकित्सकले जानकारी दिएका छन् । गोली प्रहार गर्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी राजकुमार राईले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७