महिला विश्वकप फुटबल : आज तीन वटा खेल हुँदै


७ श्रावण २०८०, आईतवार
women

काठमाडौँ । फिफा महिला विश्वकप फुटबलमा आज (आइतबार) तीन वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा समूह ‘जी’ का स्वीडेन र दक्षिण अफ्रिका खेल्दै छन् ।

यो खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे शुरु हुनेछ । त्यस्तै अर्को खेलमा दिउँसो सवा १ बजे समूह ‘ई’ का नेदरल्यान्डस् र पोर्चुगल तथा दिउँसो पौने ४ बजे समूह ‘एफ’ का फ्रान्स र जमैकाबीच खेल हुनेछ ।

हिजो भएको खेलमा डेनमार्क, अमेरिका, इङल्याण्ड् र जापान विजयी भएका छन् । महिला विश्वकप फुटबल आउँदो अगस्ट २० तारिखसम्म चल्ने छ । विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७