नागरिकता भन्दा राहदानी बनाउने बढी


७ श्रावण २०८०, आईतवार
passport

गुल्मी । गत आर्थिक वर्ष २०७९ / ८० मा गुल्मीमा नागरिकता बनाउनेभन्दा राहदानी बनाउनेको संख्या बढी देखिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार गत आर्थिक वर्षमा जिल्लामा नागरिकता बनाउनेको संख्याभन्दा राहदानी बनाउनेको संख्या करिब पाँच हजारभन्दा बढी छ ।

गत आवमा वंशज, वैवाहिक र जन्मका आधारमा १० हजार तीन सय ५५ जनाले नागरिकता बनाएका छन् भने राहदानी बनाउनेको संख्या १५ हजार ८६ जना छन् । कार्यालयका अनुसार जिल्लामा आव २०७८/७९ मा सात हजार चार सय नौ र आव २०७७/७८ मा दुई हजार चार सय २६ र जनाले राहदानी बनाएका छन् ।

गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले प्रशासनमा राहदानी बनाउने प्रयोजन उल्लेख नभए पनि अधिकांशले वैदेशिक रोजगारीकै लागि राहदानी बनाउने गरेको बताए । कार्यालयका अनुसार गत आवमा राहदानी बनाएवापत रु सात करोड ३१ लाख ९० हजार राजस्व संकलन भएको छ । जुन आव २०७८/७९ मा रु तीन करोड ७१ लाख ६७ हजार हजार पाँच सय थियो । साथै राहदानी बनाएवापत कार्यालयले आव २०७७/७८ मा रु एक करोड ४५ लाख ४२ हजार पाँच सय राजस्व संकलन गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७