नेकपा एकीकृत समाजवादी रामेछापका अध्यक्ष नै एमालेमा प्रवेश


७ श्रावण २०८०, आईतवार
Ramesh basnet 104098012 1536x1157 1

रामेछाप । नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) रामेछापका जिल्ला अध्यक्ष रमेश बस्नेत नेकपा एमालेमा प्रवेश गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवसको अवसरमा नेकपा एमाले केन्द्रीय कमिटीको आयोजनामा रामेछापको मन्थलीमा भएको विशेष कार्यक्रममार्फत बस्नेत एमालेमा प्रवेश गरेका हुन् ।

बस्नेतलाई एमाले महासचिव शंकर पोखरेललगायतका नेताहरूले एमालेमा स्वागत गरेका छन् । बस्नेत मन्थली नगरपालिकाका निवर्तमान नगर प्रमुख तथा जिल्ला विकास समिति रामेछापका पूर्व सभापति र उपसभापति समेत हुन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापका उपाध्यक्ष केशव दाहाल र नेकपा एकीकृत समाजवादीका अन्य नेताहरू पनि एमालेमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७