गगन थापाले तिरे निर्वाचन आयोगमा १५ हजार जरिवाना

काठमाडाैं । सत्तारुढ नेपाली कांग्रेस महामन्त्री तथा प्रतिनिधिसभा सांसद गगन थापाले चुनाव खर्च सार्वजनिक नगरेको विषयमा निर्वाचन आयोगलाई १५ हजार रुपैयाँ जरिवाना तिरेका छन् । चुनाव खर्चको विवरण सार्वजनिक नगरेको भन्दै आयोगले गत मंसिरमा भएको चुनावका उम्मेदवारहरूलाई जरिवाना तोकेको थियो ।
थापाले आज (बिहीबार) जरिवाना तिरेको भन्दै चुनाव खर्चको विवरण पनि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । उनले भनेका छन्, ‘मैले निर्वाचन आयोगमा मिति २०७९–०८–२५ मा आफ्नो खर्च विवरण बुझाइसकेको छु । यो विवरण सार्वजनिक पनि भएको थियो । तर यस्तो जानकारी आयोगलाई गराउनु पर्ने जानकारी नभएको जानकारी गराउँछु । अतः १५ हजार जरिवाना तिरेको जानकारी गराउँदै, पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भइसकेको निर्वाचन खर्च विवरण पुनः सार्वजनिक गरेको जानकारी गराउँछु ।’
