राष्ट्रपति पौडेलद्वारा मिटरब्याजसम्बन्धी विधेयक प्रमाणीकरण


१२ श्रावण २०८०, शुक्रबार
Ramchandra poudel 1

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मिटरब्याजसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको,’ राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नु भएको छ ।’

उक्त विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भइ प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पुगेको थियो । राजपत्रमा प्रकाशित भएपछि यो विधेयक कानुनका रूपमा लागू हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७