वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्नुपर्छ : पूर्व राष्ट्रपति भण्डारी


१३ श्रावण २०८०, शनिबार
Bidhya Bhandari 2 scaled
फाइल फोटो

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले बाघको संख्या बढेसँगै वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्नतर्फ ध्यानार्कषण गराएकी छन् ।

आज विश्व बाघ दिवसको शुभकामना दिँदै उनले बाघको संख्यासँगै मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट मानिसको मृत्यु हुने घटना वृद्धि भएकोप्रति चिन्ता व्यक्त गरेकी हुन् । उनले दिवसका अवसरमा वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्नतर्फ सम्बद्ध पक्षको ध्यानार्कषण गराइन् ।

‘बाघ विचरण गर्ने वन क्षेत्रको विस्तार, बाघका लागि आहारा हुने वन्यजन्तुको संख्या वृद्धि गर्न घाँसे मैदानको विस्तार र मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने समुदायमा सचेतना अभिवृद्धिका साथै वैकल्पिक जीविकोपार्जनका उपायको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षले ध्यान पु¥याउनु पर्दछ’, शुभकामना सन्देशमा उल्लेख छ ।

पूर्व राष्ट्रपति भण्डारीले बाघको संरक्षण नेपालको पर्यटन प्रवद्र्धन एवं आर्थिक विकासका लागि महत्वपूर्ण भएको भन्दै संरक्षणका उचित उपाय अवलम्बन गर्न र त्यसलाई निरन्तरता दिन आह्वान गरिन् । नेपालले लक्ष्यभन्दा बढी बाघको संख्या वृद्धि गरी हाल तीन सय ५५ पुर्‍याउन सफल भएको जनाउँदै उहाँले बाघको संरक्षणमा सम्बद्ध सबैलाई थप प्रेरणाका लागि शुभकामना समेत व्यक्त गरिन् ।

‘विश्वका १३ देशमा मात्र पाइने पाटेबाघलगायत दुर्लभ वन्यजन्तुका प्रजाति संरक्षणमा नेपालले सकारात्मक पहिचान निर्माण गर्नु गौरवको विषय हो’, शुभकामना सन्देशमा उनले भनेकी छन्, ‘यस अवसरमा म वन्यजन्तु संरक्षणसँग सम्बद्ध निकाय, सङ्घसंस्था, समुदाय र संरक्षणकर्मीलाई हार्दिक बधाई दिन चाहन्छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७