माओवादी पार्टी जस्तो हुन सकिरहेको छैन, सुधार थालौं : प्रचण्ड


१७ श्रावण २०८०, बुधबार
Prachanda mao scaled
फाइल फोटो

काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रीय समितिको बैठक प्रज्ञा भवन कमलादीमा आज (बुधबार) दिउँसो सुरु भएको छ । बैठकको सुरुमै अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल ‘प्रचण्ड’ ले आफ्नो संक्षिप्त विचार राखेका छन् ।

उनले केन्द्रीय सदस्यहरुलाई सम्बोधनका क्रममा माओवादी पार्टी अझै पनि पार्टी जस्तो हुन नसकिरहेको गुनासो गरेका छन् । माओवादी अझै पनि पार्टी जस्तो हुन नसकेकाले व्यापक सुदृढीकरण जरुरी रहेको पनि बताए । प्रचण्डले साँचो अर्थमा कम्युनिस्ट पार्टी निर्माण अभियान यो बैठकबाट थाल्ने पनि बताएका छन् ।

उनले यस केन्द्रीय समिति बैठकले पार्टीलाई व्यवस्थित गरेर बलियो बनाउने दिशामा केन्द्रित गर्न सक्ने पनि बताएका छन् । सम्बोधनका क्रममा प्रचण्डले आफ्नो नेतृत्वको सरकारले सुशासन र भ्रष्टाचारविरोधी अभियान चलाएपछि जनतामा आशा र भरोसा पैदा भएको बताएका छन् ।

सरकारका कारण पलाएको आशा र भरोसालाई आफूहरुले जनसंगठनमा बदलेर पार्टीलाई बलियो बनाउँदै लैजाने पनि बताए । बैठकमा देशको राजनीतिमा देखिएको पछिल्लो अवस्था र माओवादी भित्रकै बेथिति सुधारेर एक्सन वेरियन्टेड भएर जाने पनि बताएका छन् । यो बैठकबाट रचनात्मक छलफल गरी पार्टी निर्माणको थलोका रुपमा उपयोग गर्न पनि उनले केन्द्रीय सदस्यहरुलाई आग्रह गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७