नारायणकाजीको गुनासो : राम्रा कामको प्रचार गर्न नेताहरूले कन्जुस्याइँ गरे


१८ श्रावण २०८०, बिहीबार
Mao 2nd day 1 scaled

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले गरेका कामको प्रचार गर्न नेताहरूले नै कन्जुस्याइँ गरेको गुनासो गरेका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी केन्द्रीय समिति बैठकमा बोल्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सरकारले गरेका राम्रा कामको जस लिन नेताहरूले नै कन्जुस्याइँ गरेको गुनासो गरेका हुन् ।

‘सरकारले गरेका राम्रा कामको प्रचारप्रसार भएन,’ उनले बैठकमा गुनासो पोख्दै भने, ‘जस लिने कुरामा हाम्रा नेताहरू तथा कार्यकर्ताबाटै कन्जुस्याइँ गरेको देखियो ।’ वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सरकारमा रहेका मन्त्रीहरूबीच सरसल्लाह गरेर काम गरिरहेको पनि बताए ।

गृहमन्त्री समेत रहेका श्रेष्ठले थपे, ‘पार्टी नेतृत्व र सरकारका सबै मन्त्रीहरूबीच सल्लाह गरेर काम गरिरहेका छौँ । तर, कामको जस लिने काम नेतृत्वमा रहेकै साथीहरूबाट हुन सकेन ।’ बैठकमा उपाध्यक्ष कृष्णबहादुर महराले पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । उनले पार्टी राम्रो बनाउन सबै नेताहरू एकढिक्का भएर मिहिनेतका साथ लाग्नुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७