मेक्सिकोमा खाल्डोमा बस खस्दा १८ जनाको मृत्यु


१९ श्रावण २०८०, शुक्रबार
Mexico bus accident SHAZDMoFna

काठमाडौँ । मेक्सिकोमा बस १३१ फिट गहिरो खाडलमा खस्दा १८ जनाको मृत्यु भएको छ । यो दुर्घटना बिहीबार न्यारितमा भएको हो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार बसमा जम्मा ४२ जना यात्रु थिए । बसमा भारत र अफ्रिकी देशका नागरिक पनि थिए । बसमा अधिकांश यात्रु विदेशी रहेको र केही अमेरिकी सीमातर्फ गइरहेको अधिकारीहरूले बताएका छन् ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकले तीव्र गतिमा बस चलाएको प्रहरीको अनुमान छ । रोयटर्सको भिडिओमा एम्बुलेन्स घटनास्थल पुगेको र उद्धार कार्य जारी रहेको देख्न सकिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७