माओवादीले केन्द्रीय समितिमा थप्याे २२ महिला, को–को परे ? (सूचीसहित)


१९ श्रावण २०८०, शुक्रबार
mao scaled

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा २४ जना महिला थपिएका छन् । योसँगै शुक्रबारदेखि माओवादी केन्द्रको केन्द्रीय समिति ४०७ सदस्यीय भएको छ ।

बुधबार माओवादी केन्द्रीय समितिको बैठकमा राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेस गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २२ जना महिला नेतृलाई केन्द्रीय समिति ल्याउने प्रस्ताव गरेका थिए ।

माओवादी केन्द्रको केन्द्रीय समितिमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व भएको थिए । त्यसैले पनि माओवादी केन्द्रले २२ जना महिलालाई केन्द्रीय समितिमा ल्याएको हो । नयाँ केन्द्रीय सदस्यहरू शुक्रबारको बैठकमा सहभागी भएका छन् ।
यी हुन् केन्द्रीय सदस्यमा थपिएका २२ महिला
१) आङदावा शेर्पा
२) इन्दिरा अधिकारी
३) उमा कपाली
४) उर्मिला विक
५) गंगा खड्का
६) गीताकुमारी कँडेल चौलागाईं
७) गीता शाही
८) छमकुमारी खनाल
९) दिलमाया बूढामगर
१०) नीरमाया श्रीस
११) निशा न्यौपाने
१२) पार्वती थापा
१३) भगवती तिवारी
१४) मोतिकला चलाउने
१५) लालकुमारी पुन
१६) लिला शर्मा
१७) सपना परियार
१८) सीता दाहाल
१९) सुशीला घिमिरे
२०) सुशीला पौडल
२१) सूर्यकुमारी विक
२२) सरू चौधरी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७