अहिल्यै कसैले अध्यक्ष प्रचण्डको विकल्प खोजेको छैन : बर्षमान

‘सुशासनको अभियानले हामी कसैको बलिदानी माग्छ भने पनि तयार हुनुपर्छ’


२० श्रावण २०८०, शनिबार
Barshaman pun scaled

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुनले अहिले नै कसैले पनि पार्टीभित्र अध्यक्ष प्रचण्डको विकल्प नखोजिएको बताएका छन् । पार्टीको केन्द्रीय समिति वैठकको आज चौंथो दिन आफ्नो विचार राख्दै उनले तर, पार्टीमा उत्तराधिकारी तयार पार्नका लागि विधिको विकास गर्नुपर्ने आफूहरूको भनाइ रहेको उनले बताए । उनल् अध्यक्ष प्रचण्डलाई सम्पूर्ण रूपले सहयोग गरेर जान आफू तयार रहेको पनि बताएका छन् ।

‘अहिले कसैले अध्यक्ष कमरेडको विकल्प खोजेको छैन । अध्यक्षलाई सम्पूर्ण रूपले सहयोग गरेर जान म तयार छु । उत्तराधिकारी तयार पार्न विधिको विकास गरेर जाऔं’ पुनले भने । उपमहासचिव पुनले सरकारले सुरु गरेको भ्रष्टाचारविरुद्धको अभियानले जनतामा उत्साह पैदा गरेको बताएका छन् । पुनले यो अभियान रोकिन नहुने बताए ।

राजस्व अनुसन्धान विभागले बरामद गरेको १०० किलो सुन प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक दावा छिरिङसँगको पारिवारिक तस्वीर सार्वजनिक भएसँगै सामाजिक सञ्जालहरूमा पुनमाथि प्रश्न उठिरहेको छ । यसैतर्फ संकेत गर्दै पुनले निष्पक्ष अनुसन्धान हुनुपर्ने बताए ।

‘सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह पैदा गराएको छ । यो अभियान रोकिनु हुँदैन । हाम्रो दह्रो साथ छ’, बैठकमा पुनले भने, ‘यो अभियानले हामी कसैको बलिदान माग्छ भने पनि तयार हुनुपर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७