प्रचण्डलाई जनार्दनको प्रश्न : कुन चाँहि अफ्ठयारो मोंडमा असहयोग गरें ?

‘कहिलेकाहीँ अध्यक्षसँग आँखा जुधाएर कुरा गर्न मन लाग्छ, गरिन्छ पनि’


२० श्रावण २०८०, शनिबार
Janardan sharma

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफूले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई असहयोग नगरेको स्पष्ट पारेका छन् । चार दिनदेखि काठमाडौंमा जारी केन्द्रीय समिति बैठकमा आफ्ना धारणा राख्दै उपमहासचिव शर्माले आफूमाथि अनाहकमा अध्यक्षलाई असहयोग गरेको आरोप लगाइएको बताएका छन् ।

‘अध्यक्षले चाहँदा, परिस्थितिले माग गर्दा, वैचारिक राजनीतिक निर्णय लिँदा, गठबन्धन बनाउँदा, जतिखेर पनि खटनपटमा लागेकै छु’, उनले भने, ‘अध्यक्षले आदेश दिँदा आफ्नो मत थाति राखेरै भए पनि त्यसको पालना गरेकै छु, अनि कसरी भयो असहयोग ?’

उनले संकटको समयमा आफू सँधै प्रचण्डसँगै रहेको दावी समेत गरेका छन् । ‘कुनै संकट आइपर्दा सधैँ अध्यक्षको पक्षमा खडा भएकै छु । होला कहिलेकाहीँ आँखा जुधाएर कुरा गर्न मन लाग्छ, गरिन्छ पनि । तर, त्यसैलाई असहयोग ग¥यो भनेर नेतृत्वको आडमा अनेकथरी बिल्ला भिराएर प्रचारबाजी गरिन्छ ।’

उनले कुन चाहिँ अफ्ठ्यारो मोडमा आफ्नो साथ नपाएको हो त्यो कुरा प्रचण्डले प्रष्ट पार्नुपर्ने माग समेत राखे । उनले पार्टीमा विज्ञापन खुल्ने तर, परीक्षा नहुने, भर्ती हुने तर, अवकाश नहुने परिस्थिति विद्यमान रहेको टिप्पणी गरेका छन् । सरकारले गरेका कामको आफूले खुला दिलले समर्थन गर्दै आएको र गर्ने बताएका छन् । उनले पछिल्लो समय अध्यक्ष प्रचण्डको नेतृत्वका सरकारले चालेका सुशासनको अभियानको प्रशंसा गर्दै यत्रो ठूलो आँट र हिम्मत शुद्धीकरणको महान थालनी भएको समेत बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७