युक्रेन युद्धबारे साउदी अरबद्वारा छलफल आयोजना : ४० देश सहभागी, आएन रुस


२० श्रावण २०८०, शनिबार
764 d4J0h84J3u
मे महिनामा जेद्दा भ्रमण गरेका जेलेन्स्कीका साथ मोहम्मद बिन सलमान

काठमाडौं । युक्रेन युद्धका विषयमा छलफल गर्न साउदी अरबले शिखर बैठक आयोजना गरेको छ । सो बैठकमा ४० देशका प्रतिनिधि सहभागी छन् । तर, रुस भने सहभागी छैन । भेलाले युक्रेन युद्ध समाप्त पार्ने विषयमा प्रमुख सैद्धान्तिक आधारहरुको मस्यौदा तयार गर्ने बताइएको छ ।

सो भेला शनिबार सुरु भएको हो । युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले शुक्रबार सो भेलाको स्वागत गरेका छन् । यसले शान्ति सम्मेलनको ढोका खोल्ने विश्वास उनले गरेका छन् । युक्रेनले वार्ताका लागि भौगोलिक अखण्डतासहितका सर्त अघि सारेको छ ।

त्यसलाई अस्वीकार गरेको रुस भने सम्मेलनमा सहभागी भएन । तर, युद्धको शान्तिपूर्ण समाधानमा जोड दिने जुसुकै प्रयासलाई रुसले स्वागत गर्ने क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोवले बताएका छन् । सम्मेलनमा चीन पनि सहभागी छ ।

विश्वको सबैभन्दा ठूलो कच्चा तेल उत्पादक साउदीले तेलका विषयमा रुससँग निकट रहेर काम गर्छ । युक्रेनसँग पनि उसको राम्रो सम्बन्ध छ । त्यसैले यो अधिराज्यले आफूलाई युद्धको मध्यस्थकर्ताको रुपमा उभ्याएको हो । २०१८ मा पत्रकार जमाल खसोग्गीको हत्या गराएपछि विश्वमञ्चबाट साउदी शासक मोहम्मद बिन सलमान एक्लिएका थिए । तर, युक्रेन युद्धका कारण पैदा भएको उर्जा संकटका कारण साउदी अरबको महत्व फेरि बढेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७