राष्ट्रपति समक्ष राजदूतद्वयको ओहदाको प्रमाणपत्र प्रस्तुत


३२ श्रावण २०८०, बिहीबार
ohada 2 scaled

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि संयुक्त अधिराज्य र समाजवादी गणतन्त्र भियतनाममा नवनियुक्त राजदूतले आ–आफ्नो ओहोदाको प्रमाण पत्र प्रस्तुत गरेका छन् ।

ohada 1

राष्ट्रपति भवनमा आज आयोजित बेग्ला–बेग्लै विशेष समारोहमा राष्ट्रपति समक्ष नेपालका लागि संयुक्त अधिराज्यका नवनियुक्त आवासीय राजदूत रोवर्ट डोमिनिक रुसेल फेन्न र भियतनामका गैर आवासीय राजदूत न्यूगेन थान्ह हाईले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । समारोहमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकृत उपस्थित थिए । यसअघि नव नियुक्त राजदूतलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७