मुसाले दर्जनौ ट्रान्सफर्मर जलाए


७ कार्तिक २०७४, मंगलवार
biddhut transformer

काठमाडौं : सुन्दा अचम्म लाग्ला, विद्युत प्राधिकरणका लागि जडान गरिएका ट्रान्सफर्मरको सबैभन्दा ठूलो शत्रु अहिले मुसा बन्न थालेको छ। पछिल्लो समय काठमाडौं उपत्यकामा मुसाकै कारण एक दर्जनभन्दा बढी ट्रान्सफर्मर जलेका छन्। यो खबर बुष्णु बेल्बासेले आजको नागरिक दैनिकमा लेखेका छन्।

biddhut transformer

प्राधिकरणका अधिकारीहरुका अनुसार मुसा भित्र पसेपछि ट्रान्सफर्मर जल्न थालेका छन्।काठमाडौंभित्र महिनामा एक दुई वटा ट्रान्सफर्मर मुसाकै कारण पड्कने गरेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए। मुसाकै कारण तिहारको लक्ष्मीपूजाको दिन भक्तपुर सवस्टेसनका केही उपकरण जले र पूरै भक्तपुरमा बिजुली प्रसारण अवरुद्ध भयो।

सब स्टेसनहरू पुराना र फोहोर पनि भएका कारण मुसालगायत जिवले दुःख दिन थालेको अधिकारीले बताए। ‘पशु चिकित्सकसँग परामर्स गरेर यो समस्या समाधान गर्ने पक्षमा प्राधिकरण लागेको छ,’ प्रवक्ता अधिकारीले भने। यस्तै घटना केही महिनाअघि बानेश्वर र ठमेलमा पनि भएको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७