दोलखाको कुथेलीबुखरी स्मल हाइड्रोपावर नेप्सेमा सूचीकृत


४ भाद्र २०८०, सोमबार
Nepal Stock

दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–३ सुुस्पाक्षेमावतिमा रहेको कुथेलीबुखरी स्मल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित स्थानीयलाई निष्कासन गरेको सेयर तथा संस्थापक सेयरसहित कूल १२ लाख १८ हजार छ सय ७५ कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको हो ।

कम्पनीले संस्थापकका लागि नौ लाख ७४ हजार नौ सय ४० कित्ता र सर्वसाधारणका लागि निष्कासन गरेका दुई लाख ४३ हजार सात सय ३५ कित्ता सेयर सूचीकृत गरिएको छ । आइतबार नेप्से र कम्पनबीच सेयर सूचीकरण सम्झौता भएको नेप्सेले जनाएको छ । कम्पनी सेयर नेप्सेमा सूचीकृत भएसँगै आजदेखि कम्पनीको सेयर दोस्रो बजारमा कारोबार सुरु हुनेछ ।

कम्पनीका सेयरको पहिलो कारोबारका लागि नेप्सेले एक ५९ रुपैयाँ ६७ पैसादेखि चार सय ७९ रुपैयाँ एक पैसासम्म ‘ओपनिङ रेञ्ज’ तोकेको छ । नेप्सेले सार्वजनिक निष्कासन गरेर सूचीकरण हुँदा पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरणको प्रतिसेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्म ‘ओपनिङ रेञ्ज’ तोक्ने गर्छ । नेप्सेको स्पेशलप्रि–ओपन सेसनमा सोही रेञ्जभित्र पहिलो कारोबार भएपछि कम्पनीको सेयर कारोबार सुरु हुन्छ ।

यस कुथेलीबुखरी स्मल हाइड्रोपावर कम्पनी लिमिटेडले २०७२ साल भदौदेखि परीक्षण उत्पादन सुरु गरेको थियो भने असोजदेखि व्यावसायिक उत्पादन थालेको थियो । यस कुथेलीबुखरी स्मल हाइड्रोपावर कम्पनी लिमिटेडले नौ सय ९८ किलोवाट विद्युत् उत्पादन गरिरहेको छ । यसको निर्माण लागत रु २४ करोड ७५ लाख रहेको सञ्चालक सन्तोष मैनालीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७