कुष्टरोगको उच्च जोखिममा बेलबारी
बेलबारी, २ जेठ । मोरङको बेलबारी नगरपालिका कुष्ट रोगको उच्च जोखिममा परेको पाईएको छ । बेलबारी नगरपालिकाले सबै घरमा गएर बिरामीको तथ्याक सकलन गरेपछि उच्च जोखिमा रहेको खुलेको हो ।
२७ गते देखी ३१ गते सम्म बिरामीको पहिचान गर्न स्वास्थयकर्मी सहित स्वमसेवकिाहरुको टोलि गाँउ गाँउमा गएर खोजि गरेको थियो । हामी घर घरमा गएर खोज्यौ २ जना नयाँ बिरामी पत्ता लगाएका छौ बेलबारी नगरपािलकाका स्वास्थ्य उपशाखाका सह सयोजक सन्तोष बिकले भने केहि समय देखी उपचार गराउनेको सख्या धेरै रहेको छ ।
१० हजार जनस्ख्यामा १ जना भेटिदा समेत त्यसलाई खतार मानिन्छ उनले भने बेलबारीको जनसख्याको आधार मान्ने हो भने बेलबारी कुष्ठरोगको उच्च जोखीममा रहको छ । ६५ हजार जसख्या रहेको नगरपालिकामा ६ जना उपचाररत रहेका छन । अझै खोजि गरिरहेका छौ बिकले भने अभियानमा मात्रै होईन अन्य सममा पनि खोजि गर्छौ । अझै बिरामीको सख्या बढन सक्ने उनले बताए । अहिले स्वास्थ्य कर्मीसहितको टोलि घर घरमा गएर खोजि गरिरहेको छ ।
कानको लोति बाक्लो हुने, शरिरमा फु्स्रो छाला हुने, छालामा गिर्खा आउने, अनुहारको छाला बाक्लो हुने आंखी भुईका रौंहरु झर्ने लगायतका लक्षण कुष्टरोगको हुने बिकले बताए । रोगिहरुको स्वास्थय सस्थामा निशुल्क उपचार गर्ने गरेको उनले बताए ।मोरङको एक महानगरपालिका सहित २ वटा नगरपालिका उच्च जोखीममा रहेको तथ्याक जिल्ला जनस्वास्थय कार्यालय मोरङ सग रहेका छन । बिराटनगर महानगर सहित बेलबारी नगरपालिका र रगेलि नगरपालिका उच्च जोखीममा रहेको जनाईएको छ ।
बिराटनगर महानगरपालिका र बेलबारी नगरपालिका तथा रंगेली नगरपालिका उच्च जोखिममा रहेको पाईएपछि दुवै स्थानिय तहले कुष्टरोगीको खोजी गर्ने अभियान चलाउने भएका छन् ।