माधव नेपालको स्वीकारोक्ति : पार्टी चाहे जसरी अगाडि बढेन, पलायन बढ्यो


५ भाद्र २०८०, मंगलवार
madhav nepal1689073569
फाइल फोटो

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टी आफूहरूले चाहेज सरी अगाडि बढ्न नसकेको स्वीकारेका छन् ।

आज (मंगलबार) बाट सुरु भएको पार्टीको केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रस्ताव पेस गर्दै अध्यक्ष नेपालले पार्टी आफूहरूले चाहे जसरी अगाडि बढ्न नसकेको बताएका हुन् । उनले पार्टी पंक्तिमा निराशा, आलस्यता, निष्क्रियता र पलायन जस्ता कमजोरी देखिएको पनि उल्लेख गरेका छन् ।

‘पार्टी पंक्तिमा आलस्यता, निराशा, निष्क्रियता, पलायन जस्ता कमजोरी देखिएका छन् । यस प्रकारका कमजोरी देखिनुका विभिन्न कारणहरू छन्,’ उनले भनेका छन्, ‘सबभन्दा प्रमुख कारण पार्टीमै रहेका कतिपय व्यक्तिहरूबाट पार्टीको बदख्वाइँ गर्ने अनुशासनहीन र अराजक कार्य हो । यस्तो कार्य गर्ने केही व्यक्ति पार्टीबाट पलायन भएर गइसकेका छन् ।’ अध्यक्ष नेपालले गलत कामलाई विगतमा नियन्त्रण नगरिएको भए पनि अब छुट दिन नसकिने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७