‘ग्लोबल साउथ’ कूटनीतिक शब्द मात्र होइन : मोदी


८ भाद्र २०८०, शुक्रबार
Modi 2

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘ग्लोबल साउथ’ एक कूटनीतिक शब्द मात्र नभएर उपनिवेशवाद र रङ्गभेदविरुद्ध यी देशहरूको साझा इतिहासको प्रतिनिधित्व गर्ने आन्दोलन भएको बताएका छन् ।

दक्षिण अफ्रिकी राजधानीमा आयोजित ‘ब्रिक्स–अफ्रिका आउटरिच एण्ड ब्रिक्स प्लस डायलग’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले ब्रिक्स राष्ट्र र शिखर सम्मेलनमा उपस्थित सबै मित्र राष्ट्रले बहुध्रुवीय विश्वको सुदृढीकरणमा योगदान गर्न सक्ने बताए ।
‘अफ्रिका, एसिया र ल्याटिन अमेरिकाका नेताहरूसँग विचार आदानप्रदान गर्ने अवसर दिनु भएकोमा म दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाप्रति आभारी छु । पछिल्लो दुई दिनमा हामीले ग्लोबल साउथका देशहरूको प्राथमिकता र चासोमा ध्यान केन्द्रित गरेका छौं ।’

उनले भने, ‘उहाँहरूलाई महत्व दिनु अहिलेको पुस्ताको आवश्यकता हो भन्ने हाम्रो मान्यता हो’, उनले थपे, ‘हामीले ब्रिक्सको विस्तारमा पनि निर्णय गरेका छौं । हामी सबै नयाँ साझेदार देशहरूलाई स्वागत गर्दछौं । यो विश्वव्यापी संस्था र मञ्चलाई प्रतिस्पर्धी बनाउने दिशामा अर्को कदम हो ।’

प्रधानमन्त्री मोदीले दक्षिण अफ्रिकी भूमिमा महात्मा गान्धीले भारतको स्वतन्त्रता सङ्ग्राममा प्रयोग गरिएको अहिंसा र शान्तिपूर्ण प्रतिरोधको अवधारणाको विकास, परीक्षण गरेको स्मरण गरे । ब्रिक्स र आज उपस्थित सबै मित्र राष्ट्रहरूले बहुध्रुवीय विश्वलाई बलियो बनाउन योगदान दिन सक्ने उनले बताए ।
प्र

धानमन्त्री मोदीले अर्जेन्टिना, इजिप्ट, इथियोपिया, इरान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई) का नेता तथा जनतालाई ब्रिक्सको पूर्ण सदस्यताका लागि बधाई दिँदै सङ्गठन विस्तारमा भारतले सदैव समर्थन गरेको बताए ।
ब्रिक्समा छ सदस्य थपिए
ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेको उदीयमान राष्ट्रको सङ्गठन ब्रिक्समा छ सदस्य थपिएका छन् ।
दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले बिहीबार यहाँ नयाँ सदस्य थपिएको घोषणा गरेका हुन् । नयाँ सदस्य अब जनवरी १ देखि सङ्गठनमा आबद्ध हुनेछन् ।

‘हामीले गणतन्त्र अर्जेन्टिना, अरब गणतन्त्र इजिप्ट, सङ्घीय लोकतान्त्रिक गणतन्त्र इथियोपिया, इस्लामिक गणतन्त्र इरान, साउदी अरब र संयुक्त अरब इमिरेट्सलाई ब्रिक्सको पूर्णसदस्य बन्न आमन्त्रित गर्ने निर्णय गरेका छौँ’, राष्ट्रपति रामाफोसाले घोषणा गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७