गठबन्धन सरकार पाँच वर्ष नै चल्छ, भ्रष्टाचारीलाई छोड्नु हुँदैन : माधव नेपाल

वीरगञ्ज । सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन सरकार पाँच वर्षसम्म चल्ने दावी गरेका छन् ।
आज (शुक्रबार) वीरगञ्जमा आयोजित समाजवादी मोर्चा नेपालको सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गन्धबन्धन सरकार पाँच वर्षसम्म जानेमा शंका नगर्न आग्रह गरे । ‘यो गठबन्धन सरकार पाँच वर्षसम्म जान्छ, यसमा शंका गर्ने ठाउँ नै छैन ।’ पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले जुनसुकै भ्रष्टाचार प्रकरणमा दोषीलाई कानुनको दायरामा ल्याउनुपर्ने बताएका छन् ।
उनले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउनु पर्ने जिकिर गर्दै भने, ‘जुनसुकै भ्रष्टाचार होस् । दोषीलाई उन्मुक्ति दिइनु हुँदैन । निर्दोषलाई फस्ने वातावरण बनाउनु हुँदैन ।’ समाजवादी मोर्चा तीव्र गतिमा अगाडि बढिरहेको दावी गरे । जनताका समस्या समाधानमा समाजवादी मोर्चा केन्द्रित हुने बताए ।