पाल्पामा गुडिरहेको स्कारपियो पहिरोले पुर्दा तीनको मृत्यु, आठ जना घाइते


१३ भाद्र २०८०, बुधबार
palpa

पाल्पा । पाल्पाको जोर्तेमा पहिरोले गुडिरहेको स्कारपियो जीप पुरिंदा तीन जनाको ज्यान गएको छ भने आठ जना घाइते भएका छन् । तानसेन तम्घास सहायक राजमार्गको पाल्पा जोर्तेमा ढुङ्गासहितको पहिरोले लु १ ज ४६०० नम्बरको स्कारपियो गाडी पुरिंदा तीन जनाको घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी हेरम्व शर्माले जानकारी दिए ।

मृतकको सनाखत हुन भने बाँकी छ । तम्घासबाट बुटवलतर्फ जाँदै गरेको जीप आज बिहान करिब सवा ८ बजेको समयमा पाल्पाको जोर्तेमा पहिरोमा पुरिएको हो । प्रहरी र स्थानीयबासीले तत्काल घाइतेलाई थप उपचारको लागि मिसन अस्पतालतर्फ पठाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७