फुटेको कम्युनिष्ट आन्दोलनलाई एकजुट बनाउन समाजवादी मोर्चा : विप्लव


१५ भाद्र २०८०, शुक्रबार
Biplaw samajbadi morcha pokhara scaled

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले फुटेको कम्युनिष्ट आन्दोलनलाई एकजुट बनाउन समाजवादी मोर्चा बनाइएको बताएका छन् ।

आज (शुक्रबार) पोखरामा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै उनले भने, ‘जब देशी–विदेशी प्रतिक्रियावादी तत्वहरुले स्वाधिनता र राष्ट्रियतामाथि हमला गर्न थाल्छन् । त्यसपछि कयौं नयाँ समीकरण अगाडि आउँछन्,’ उनले भने, ‘नेपालको कम्युनिष्ट र समाजवादी आन्दोलनमा देखा परेका क्षणिक फुटहरू समाजवादी मोर्चाको माध्यमबाट एउटा नयाँ एकताको प्रक्रियामा अघि बढेको छ ।’

क्रान्तिकारी नेतृत्वहरु कमजोर हुन थालेपछि नेपालमा प्रायोजित, प्रतिगामी र सामन्तवादी वर्ग पुनः उठ्न थालेको उनले टिप्पणी गरे । ‘गणतन्त्र आइसकेपछि नेपालमा राजनीतिक बहस ठूला ठूला चले । क्रान्तिकारी नेतृत्वहरु कमजोर हुन थालेपछि नेपालमा प्रायोजित वर्ग पुनः उठ्न थालेको छ । क्रान्तिबाट पछारिएको प्रतिगामी, सामन्तवादी शक्तिहरु फेरि जुर्मराउन थाले,’ उनले भने ।
साम्राज्यवादीको खेल मैदान बनाउने षडयन्त्र भइरहेको पनि उनले दाबी गरे । ‘नेपालको कम्युनिष्ट र समाजवादी आन्दोलनमा देखा परेका क्षणिक फुटहरु समाजवादी मोर्चाको माध्यमबाट एउटा नयाँ एकताको प्रक्रियामा अघि बढेको छ । विगतको अनुभव संलेश्लण गर्दै जनताका बैरीसँग लड्नका लागि समाजवादी मोर्चा गठन गरिएको पनि उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७