वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु


१८ भाद्र २०८०, सोमबार
bir hospital

काठमाडौं । वीर अस्पतालको छैटौं तलाबाट हाम फालेका एक पुरुषको मृत्यु भएको छ ।सर्जिकल भवनको तलाबाट हाम फालेका ती पुरुष अन्दाजी ४० वर्षका रहेको अस्पतालका सूचना अधिकारी सागर मिश्रले जानकारी दिएका छन् ।

सूचना अधिकारी मिश्रका अनुसार घटना आज बिहान करिब २÷३ बजेतिरको हो । उनी बिरामीको आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका थिए । त्यसपछि उनी माथि तलामा गएर हाम फालेका थिए ।

अस्पताल प्रशासनले बुझ्दा उनका कोही बिरामी अस्पतालमा नभएको पाइएको छ । ‘उनी बाहिरका मान्छे हुन् । यो मेरो मान्छे हो भनेर कोही भन्न आएको पनि छैन, लाश बेवारिसे अवस्थामा छ,’ मिश्रले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७