सांसद शाहीको प्रश्न : क्रिकेट खेलाडीलाई दिने भनिएको पैसा किन रोकियो ?


१८ भाद्र २०८०, सोमबार
Gyanendra Shahi
फाइल फोटो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न खेलमा क्रिकेट खेलाडीलाई दिने भनी घोषणा गरिएको रकम किन रोकिएको भन्दै प्रश्न गरेका छन् ।

आज (सोमबार) को प्रतिनिधिसभा बैठकमा उनले खेलाडीलाई दिने भनेर वाचा गरिएको १७ लाख नदिएको बताए । ‘क्रिकेट खेलाडीलाई दिने भनिएको पैसा किन रोकेर राखिएको छ ? पैसा छिटो दिऔं’, उनले भने, ‘भोको पेटले राष्ट्रवादलाई कति धान्ने ? प्रधानमन्त्रीले, खेलकुदमन्त्री र सचिवलायले छिटो उपलब्ध गराओस् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७