भारतविरुद्ध नेपालको १०० रन पुरा


१८ भाद्र २०८०, सोमबार
cricket 16938189571693822376

काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले भारतविरुद्ध खेलमा १०० रन पूरा गरेको छ । २२औँ ओभरमा तीन विकेट गुमाएर नेपालले १०० रन पूरा गरेको हो ।

कप्तान रोहित पौडेलका रूपमा नेपालले तेस्रो विकेट गुमाएको हो । श्रीलंकाको पल्लेकेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले बलियो सुरुवाती गरेका थिए ।

बिना क्षति नेपालले नवौँ ओभरमा ५० रन पूरा गरेको हो । भुर्तेलका रूपमा नेपालले पहिलो विकेट गुमाएको छ । भुर्तेल २५ बलमा ३८ रन बनाएर आउट भएका छन् । उनको विकेट सार्दुल ठाकुरले लिए ।

यस्तै, सार्कीको विकेट स्पिनर रवीन्द्र जडेजाले लिए । तेस्रो विकेटका रूपमा नेपालले पौडेललाई गुमाएको हो । रोहित पाँच रन बनाएर आउट भए । अहिले कुशल मल्ल र आसिफ शेख मैदानमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७