भारतविरुद्ध अर्धशतक बनाएका आसिफ विराट कोहलीबाट क्याच आउट


१८ भाद्र २०८०, सोमबार
Aasif sekh 1693402577 1

काठमाडौं । एसिया कप–२०२३ मा भारतविरुद्ध नेपालले आसिफ शेखलाई पाँचौँ विकेटको रूपमा गुमाएको छ ।
श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा टस हारेपछि ब्याटिङमा आएको नेपालले आसिफलाई व्यक्तिगत ५८ रनमा गुमाएको हो । आसिफ भारतका मोहम्मद सिराजले गरेको २९.५ ओभरमा विराट कोहलीबाट क्याच भए ।

जारी खेलको ३० ओभर समाप्त हुँदा नेपालले पाँच विकेट गुमाएर १३३ रन बनाएको छ । नेपालले यसअघि कुशल भुर्तेललाई व्यक्तिगत ३८, भीम सार्कीलाई सात रनमा, कप्तान रोहितकुमार पौडेललाई पाँच र कुशल मल्ललाई दुई रनमा गुमाएको थियो । हाल क्रिजमा रहेको गुल्सन झा १८ रनमा र दीपेन्द्रसिंह ऐरी एक रनमा खेलिरहेका छन् ।

एसिया कपमा यसै संस्करणबाट ‘डेब्यू’ गरेको नेपाली टिमले सन् १९८३ र २०११ को विश्वकप विजेतासमेत रहेको भारतविरुद्ध पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्रिकेटमा प्रतिस्पर्धाका लागि उत्रिएको हो ।

आजको खेल जिते नेपाली क्रिकेटले नयाँ इतिहास रच्दै एसिया कपको ‘सुपर फोर’मा स्थान बनाउनेछ । सुपर फोरमा प्रवेशका लागि भारतमाथि आज जित्नै पर्ने दबाब छ । प्रतियोगितामा दुवै टिमको यो दोस्रो खेल हो । पहिलो खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो । भारत–पाकिस्तानबीचको पहिलो खेल भने वर्षाका कारण रद्द भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७