पल्लेकेले मैदानमा आफ्नो देशका खेलाडीलाई हौसला दिंदै नेपाली दर्शक (तस्वीरहरू)


१८ भाद्र २०८०, सोमबार
7 1

काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज (सोमबार) श्रीलंकाको पल्लेकेल मैदानमा नेपाल र भारतबीच खेल चलिरहेको छ । श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले मैदानमा आफ्नो देशका खेलाडीलाई हौसला दिन नेपाली दर्शकहरु पनि ठूलो संख्यामा उपस्थिति छन् ।

संघीय सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पत्नीसहित, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलगायतका समर्थकहरू खेल हेर्न श्रृलंका नै पुगेका छन् । एसियन क्रिकेट काउन्सिलले नेपाली दर्शकका केही तस्वीरहरू सामाजिक सञ्जालमा सार्वजनिक गरेको छ । खेलमा नेपालले छैटौँ विकेट गुमाएको छ । गुलसन झाका रुपमा छैटौँ विकेट गुमाएको हो । उनले ३५ बलमा २३ रन बनाए । उनी मोहम्मद सिराजको बलमा विकेटपिकर इसान किसानबाट सामातिएका हुन् ।

यसअघि भारतविरुद्ध आसिफ शेखले अर्धशतक बनाएका छन् । उनले ८८ बलमा अर्धशतक बनाएका हुन् । पाँचौँ विकेटका रुपमा उनी ५८ रन बनाएर आउट भए । उनको विकेट मोहम्मद सिराजले लिए । नेपालले राम्रो सुरुवात गरेको नेपालको मध्यक्रम लड्खडाएको छ । ६५ को स्कोरमा पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई गुमाएको नेपालले त्यसपछि निरन्तर विकेट गुमाइरहेको छ ।

कप्तान रोहित पौडेल ५, भीम सार्की र कुशल मल्ल २ रनमा आउट भए । भारतका रविन्द्र जडेजाले तीन विकेट लिइसकेका छन् । सार्दुल ठाकुरले एक विकेट लिएका छन् । खेलमा नेपालका दुवै ओपनरले तीनपटक जीवनदान पाएका थिए । अहिले क्रिजमा दिपेन्द्रसिंह ऐरी र सोमपाल कामी छन् । यो लेख्दासम्म ३६ ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाइसकेको छ ।

1 2
2 2
3 2
4 2
5 2
6 1
8 1
9 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७