एमाले लुम्बिनीकाे नयाँ नेतृत्व चयनका लागि मतदान जारी


१९ भाद्र २०८०, मंगलवार
radhkrishna hari kBqV4gTAlB

काठमाडौँ । नेकपा एमालेको लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान शुरु भएको छ । अघि बिहानदेखि मतदान शुरु भएको हो ।

एमाले लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल र हरि रिजाल प्रतिस्पर्धामा छन् । पाल्पाका कँडेल उपाध्यक्ष विष्णु पौडेल समूहका र प्युठानका रिजाल महासचिव शंकर पोखरेल समूहका मानिन्छन् । कँडेल प्रदेश कमिटीको वर्तमान अध्यक्ष र रिजाल केन्द्रीय सदस्य हुन् । सचिवमा भने लक्ष्मण आचार्य निर्विरोध भइसकेका छन् ।

सचिव बाहेक अध्यक्ष, उपाध्यक्ष र दुई उपसचिव तथा सदस्यहरुमा चुनाव हुन लागेको हो । चुनावले ५ पदाधिकारीसहित २०५ सदस्यीय कार्यसमिति निर्वाचित गर्नेछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमतिबाट नेतृत्व चयन गर्न निर्देशन दिए पनि चुनावी प्रक्रियाबाटै नेतृत्वको टुङ्गो लाग्ने भएको छ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा चलिरहेको एमालेको लुम्बिनी प्रदेश अधिवेशनका लागि १२ वटै जिल्ला र विभिन्न २३ वटा जनसङ्गठनहरुबाट छानिएका गरी एक हजार ४ प्रतिनिधिहरु सहभागी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७