एमाले महासचिव पोखरेल र चिनियाँ पोलिटव्यूरो सदस्य युआन जियाजुनबीच भेटवार्ता

केपी ओली देशभक्त नेताको रुपमा पाएँ : युआन जियाजुन


१९ भाद्र २०८०, मंगलवार
372841852 1280925205925651 471229147388702984 n

चीन । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन भ्रमणमा रहेका नेकपा (एमाले) का महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टीका पोलिट व्यूरो सदस्य युआन जियाजुनबीच आज भेटवार्ता भएको छ । चीनको सबैभन्दा ठूलो महानगर छोङछिङ शहर कमिटीका सचिव समेत रहेका जियाजुन र महासचिव पोखरेलबीच छोङछिङमा भेटवार्ता भएको हो ।

भेटका क्रममा पोलिटव्यूरो सदस्य जियाजुनले नेपाल र चीनबीचको सम्बन्ध पुरानो र घनिष्ठ रहेको बताए । उनले नेपाल एक चीनप्रति दृढ र प्रतिबद्ध रहेकोमा खुशी व्यक्त गरे । उनले भने, ‘चीन बिरोधी गतिबिधि नेपालले अस्वीकार गरेकोमा हामी खुशी छौं ।’
केपी ओली देशभक्त नेताको रुपमा पाएँ : युआन जियाजुन
नेता युआन जियाजुनले नेकपा (एमाले) र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्ध पुरानो र गहिरो भएको उल्लेख गर्दै भबिष्यमा पनि दुई पार्टीबीच ज्ञान, अनुभव र विचार आदानप्रदान जारी राख्नु पर्ने बताएका छन् ।

372906583 344491854599075 5084670494591686028 n

नेता जियाजुनले गत साउनमा नेपाल भ्रमणका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट भएको उल्लेख गर्दै अध्यक्ष ओलीलाई आफूले एक देशभक्त नेताको रुपमा पाएको बताए । गत साउनमा आफ्नो नेपाल भ्रमणका क्रममा नेपालीहरुको विकास र आर्थिक समृद्धिको तीव्र चाहना पाएको उल्लेख गर्दै जियाजुनले नेपालको बिकासमा सहयोगका लागि चीन तत्पर रहेको बताए ।

आर्थिक विकासको लागि शहर र गाउँ, धनी र गरीबीचको असन्तुलनलाई हटाउन जरुरी रहेको उल्लेख गर्दै जियाजुनले यसका लागि छोङछिङको सफल अनुभव रहेको बताए । उनले छोङछिङको सफल अनुभव र ज्ञान नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण हुने र नेपालसँग सहकार्य गर्न तयार रहेको बताए ।

उनले दक्षिण एशियाको गरिबी निवारणका लागि छोङछिङ केन्द्र रहेको उल्लेख गर्दै नेपालको समृद्धिका लागि कृषि, पर्यटन र उद्योगमा सहयोग गर्न तयार रहेको बताए । धान उत्पादनका लागि छोङछिङ प्रसिद्ध रहेको बताउँदै उनले नेपालको कृषिको आधुनिकरणका लागि छोङछिङको ज्ञान र प्रबिधि सहयोग गर्न तत्पर रहेको बताए । कृषिको अध्ययन गर्नेलाई छोङछिङको विश्वविद्यालयमा छात्रवृत्ति र अनुभव तथा अनुसन्धान गर्नेलाई छोङछिङले अवलोकनको अवसर दिने उनले बताए ।
नेपालको विकासमा चीनको महत्वपूर्ण भूमिका : महासचिव पोखरेल
महासचिव पोखरेलले नेपाल र चीनबीच जनस्तरमा धेरै पुरानो सम्बन्ध रहेको बताएका छन् । भृकुटी र अरनिकोदेखिको जनस्तरमा सम्बन्ध रहेको उल्लेख गर्दै सन् १९५५ मा प्रथम जननिर्वाचित प्रधानमन्त्री मनमोहन अधिकारीको चीन भ्रमण चीन र नेपालबीचको सम्बन्ध महत्वपूर्ण रहेको स्मरण गरे । जनताको बहुदलीय जनवादका प्रर्वतक जननेता मदन भण्डारीको चीन भ्रमण विचार निर्माण र परिवर्तनमा महत्वपूर्ण रहेको बताए ।

महासचिव पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएको बेला भएको नेपाल र चीनबीचको व्यापार तथा पारवहन सम्झौताले नेपालललाई तेश्रो मुलुकसँग जोड्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । यसले नेपालको स्वाधिनता र स्वाभिमानको पाटोमा गौरव बढाएको बताए ।

उनले राष्ट्रपति सीजिनपिङको नेपाल भ्रमणका क्रममा भएका सम्झौताहरु कार्यान्वयन नभएको उल्लेख गर्दै ती सम्झौताहरुको प्रभावकारी कार्यान्वयनको पक्षमा एमाले रहेको बताए । महासचिव पोखरेलले छोङछिङबाट नेपालस्थित दुई अन्तर्राष्ट्रिय विमानस्थल पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा छोङछिङ उडानको प्रस्ताव पनि राखे । भेटमा नेकपा (एमाले) विदेश विभाग प्रमुख राजन भट्टराई, स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमलगायतका नेताहरु सहभागी थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७