प्रतिनिधि सभाको बैठक बस्दै, चार मन्त्रीसँग प्रश्नोत्तर हुने


२१ भाद्र २०८०, बिहीबार
Samsad bhadau 7 scaled

काठमाडौं । प्रतिनिधि सभा बैठक आज (बिहीबार) बस्दैछ । दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा आज ४ मन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर हुनेछ ।

आज कृषी तथा पशुपंक्षी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित माननीय मन्त्रीले उत्तर दिने कार्यसूची छ ।

त्यस्तै प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘राष्ट्रिय महिला आयोगको पन्ध्रौं वार्षिक प्रतिवेदन (२०७८ श्रावणदेखि २०७९ आषाढ मसान्तसम्म’ पेश गर्ने कार्यसूची छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७