प्रचण्डका राजनीतिक गुरु मोहनविक्रम सिंह भन्छन्, ‘एकताले खतरा टर्‍यो’


४ जेष्ठ २०७५, शुक्रबार
Mohan Bikram Singh 1

काठमाडौं, ४ जेठ । प्रचण्डका राजनीति गुरु भनिएका मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकतालाई सकारात्मक भनेको छ ।

Mohan Bikram Singh 1
नेकपा मसालका मोहनविक्रम सिंह । तस्विर : फाइल

प्रचण्डका महामन्त्री सिंहले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पार्टी एकताको कदम स्वागतयोग्य रहेको प्रतिक्रिया दिएका छन् । महामन्त्री सिंहले चुनावका बेलामा भएको गठबन्धनलाई आफूहरुले पार्टी एकताको पक्षमा मत प्रकट गर्दै त्यसको सफलताका लागि शुभकामना दिंदै आएको र अहिले भएको एकताले खुशी लागेको जनाएका छन् ।

उनले एमाले र माओवादी केन्द्रबीचको एकतालाई स्वागत गरे पनि उनीहरूसँग सैद्धान्तिक मतभेद भएको स्पष्ट बताएका छन् । महामन्त्री सिंहले यो एकतालाई राजनीतिक कारणले समर्थन गरेको मात्र प्रष्ट्याएका छन् ।

महामन्त्री सिंहले देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताका अगाडि पनि गम्भीर प्रकारको खतरा भएको भन्दै त्यो खतरा सबैभन्दा बढी भारतीय विस्तारवादबाट नै भएको ठोकुवा गरेका छन् । ‘साम्राज्यवादी देशहरूको लागि कुनै पनि देशको नाम मात्रको कम्युनिष्ट सरकार पनि सह्य हुँदैन ।’ त्यस्तो सरकार संसदीय चुनावबाट निर्वाचित भएको भए पनि त्यसलाई अपदस्थ गर्ने प्रयत्न गर्दछन् । संसारमा त्यस प्रकारका उदाहरणहरूको अभाव छैन । त्यस प्रकारको खतराबाट नेपालको वर्तमान वामपक्षीय सरकार पनि अपवाद छैन ।

उच्च प्रकारको सतर्कता अपनाउँदै अहिलेको सरकारले देशको राष्ट्रियताको रक्षाको लागि पूरा प्रयत्न गर्नेछ भन्ने हामीले आशा गरेका छौ’ सिंहले भनेका छन्, ‘एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकता हुन नसकेको भए त्यसको असर सरकारमा पर्ने र त्यो भङ्ग हुने सम्भावना थियो ।

विज्ञप्तिमा भनिएको छ–‘माक्र्सवादका आधारभूत सिद्धान्तहरूबाट उनीहरूको विचलन भएको वा उनीहरूले दक्षिणपन्थी बाटो समातेको पृष्ठभूमिमा उनीहरूको बीचमा भएको पार्टी एकताबाट देशमा सच्चा र एकीकृत कम्युनिष्ट पार्टीको निर्माण हुन नसक्ने कुरा निश्चित छ । उनीहरूका बीचको एकताले उनीहरूको संगठनलाई ठूलो र शक्तिशाली बनाई दिएको छ । तर यहि कारणले नै त्यो संगठन कम्युनिष्ट पार्टी भएको निष्कर्ष निकाल्नु सही हुने छैन । त्यसैले सैद्धान्तिक आधारमा उनीहरूसँग हाम्रो संघर्ष चलिरहने छ ।’

त्यसो भएमा देशमा राजनीतिक अस्थिरता पैदा हुने र प्रतिक्रियावादी शक्तिहरू सत्तामा पुग्ने खतरा थियो । त्यो अवस्थामा गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षतामा समेत गम्भीर आँच पुग्ने खतरा थियो । माओवादी केन्द्र र एमालेका बीचमा भएको पार्टी एकताले त्यस प्रकारको खतरा टरेको छ र त्यसबाट सम्भावित दुष्परिणामहरूबाट देश बच्ने आशा गर्नको लागि आधार तयार भएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७