धवल शमशेरले भने- यादवमाथि मेरै अगाडि खुकुरी हानियो, सापकोटा राप्रपाका होइनन्

‘राप्रपाले हिंसालाई मान्यता दिंदैन, कडा कारवाही होस्’


२१ भाद्र २०८०, बिहीबार
Dhawal samsher rana1686204648

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा सांसद धवल शमशेर जबराले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्ने श्याम सापकोटा राप्रपाका कार्यकर्ता नभएको स्पष्ट पारेका छन् ।

आज (बिहीबार) प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै महामन्त्री राणाले यादवमाथि आक्रमण गर्ने सापकोटामाथि कडा कारबाही गर्न माग गरे । यादवमाथि आक्रमण गर्ने सापकोटाले राजसंस्थाको पक्षमा नारा लगाउनुका साथै यादव बोल्दा विरोध पनि गरेका थिए ।

‘हिजो रिपोर्टस क्लबमा एउटा व्यक्तिले मेरै आँखा अगाडि कांग्रेस नेता महेन्द्र यादवमाथि खुकुरी हान्यो’, उनले भने, ‘प्रहरीले समातेपछि नारा लगायो । नारापछि राप्रपालाई आक्षेप लगाइयो । महेन्द्रजीले बोल्दा पनि भित्रै विरोध जनाइरहेका थिए । यसमा हामी दुःख व्यक्त गर्न चाहन्छौँ । हिंसाको राजनीतिमा हामी विश्वास गर्दैनौँ । त्यो व्यक्ति हाम्रो पार्टीसँग संलग्न छैन । कडाभन्दा कडा कारबाही हुनैपर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७